 
                             
                                            तनहुँ– तनहुँ क्षेत्र १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रारम्भिक मतगणनामा कांग्रेसका रामचन्द्र पौडेलले अग्रता लिएका छन्। प्रारम्भिक चरणमा एक हजार मत गणना भएको छ। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले चार सय ३९ मत पाएका छन्।
नेकपा एमालेका एकबहादुर रानाले दुई सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९४, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ७३ मत प्राप्त गरेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० मतदाता रहेकामा ६७ हजार १३० मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
यो ५४.३६ प्रतिशत हो । तनहुँ १ मा प्रतिनिधिसभा सदस्यतर्फ १० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तनहुँ १ (१) मा पनि कांग्रेसले नै अग्रता लिएको छ। प्रारम्भिक चार सय मतगणना गर्दा कांग्रेसका अशोक श्रेष्ठले एक सय ७३ मत प्राप्त गरेका छन्। एमालेका राम गुरुङले ९५ मत पाएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 