तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण

हिमाल प्रेस १ मंसिर २०७९ ११:४१ | Thursday, November 17, 2022
तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण

तनहुँ- तनहुँ जलविद्युत् आयोजनाको विद्युत्‌कोतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्‍न भएको छ। कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ।

विद्युत्‌ गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए। बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ।

उनले भने, ‘आयोजनाले चौबीसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ।’ प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत्गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ।

ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ। पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए।

उक्त प्याकेजको ठेक्का सोङ दा-कालिका जेभीले पाएको छ। त्यसैगरी, प्याकेज दुई अन्तर्गतको विद्युत् गृह खन्ने कामसमेत सम्पन्‍न भइसकेको छ। आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ।

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत्‌ गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ। विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि प्रारम्भ भएको हो।

सिनोहाइड्रो कम्पनीले ४३७ दशमलव एक मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ। दुई सय ८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने तीन सय १४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ।

प्रकाशित: १ मंसिर २०७९ ११:४१ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast