तनहुँमा आठ सय २३ जनामा डेंगु संक्रमण

हिमाल प्रेस ३ मंसिर २०७९ ९:३६ | Saturday, November 19, 2022
तनहुँमा आठ सय २३ जनामा डेंगु संक्रमण

तनहुँ- तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ।

डेंगु संक्रमण बढेसँगै निको हुनेको संख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। धेरैजसो डेंगु पोजेटिभका बिरामी आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरूमा पनि डेंगु संक्रमण भएको छ। कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेंगु संक्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

‘मलाई पनि डेंगु संक्रमण भयो, शरीर निकै दुख्ने रहेछ, संक्रमण भएपछि १० दिन सुत्नुप¥यो तर अहिले निको भएको छ’, उनले भने। अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ।

डेंगुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताए। अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेंगु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी दिए ।

प्रकाशित: ३ मंसिर २०७९ ९:३६ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast