डोल्पा : दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा

हिमाल प्रेस ५ मंसिर २०७९ १३:१९ | Monday, November 21, 2022
डोल्पा : दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा

सुर्खेत- उपल्लो डोल्पासहित तल्लो डोल्पाको मुड्केचला, जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाममा ल्याउन अझै एक दिन कुर्नु पर्ने भएको छ। ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिकाको मात्रै मतपेटिका सदरमुकाम दुनैमा पुर्‍याएको डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।

उपल्लो डोल्पाबाट हेलिकोप्टरको सहायताले मत पेटिकाहरू सदरमुकाम ल्याउने तयारी भइरहेको अधिकारी सार्कीले बताए। त्यस्तै, जाजरकोटको पश्चिम क्षेत्र जुनिचाँदे, शिवालय गाउँपालिकाको मतपेटिका सदरमुकाम बेलुकीसम्म मात्र पुग्ने मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले बताए।

बेलुकी नै सर्वदलीय बैठक बोलाएर मतगणना सुरु हुने उनले बताए।

प्रकाशित: ५ मंसिर २०७९ १३:१९ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast