डोटी प्रदेशसभा २ मा माओवादीका शिवसिंह ओली निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १४:१४ | Wednesday, November 23, 2022
डोटी प्रदेशसभा २ मा माओवादीका शिवसिंह ओली निर्वाचित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव रहेका शिवसिंह ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ बाट ओली प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। उनले १४ हजार ४७ मत पाएका छन्।

माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई पराजित गरेका हुन्। बमले १३ हजार १२८ मत ल्याएका छन्।

उक्त क्षेत्रमा ३० हजार २३४ मत खसेको थियो। २८ हजार ५०२ मत सदर भएको थियो भने १ हजार ७३२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १४:१४ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast