डोटीमा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

हिमाल प्रेस १४ मंसिर २०७९ १६:४२ | Wednesday, November 30, 2022
डोटीमा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार फाइल तस्बिर।

डोटी– डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका-५ लाना केदारेश्वरकी २७ वर्षीया अमृतादेवी बोहराको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको सोही वडाका सदस्य भीम बोहराले बताए।

सोमबार साझदेखि सुत्केरी ब्यथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो।

उच्च रक्तस्राव भएपछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई विभिन्न समयमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

प्रकाशित: १४ मंसिर २०७९ १६:४२ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast