डोटीमा आले निरन्तर अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ ९:४८ | Tuesday, November 22, 2022
डोटीमा आले निरन्तर अगाडि

काठमाडौँ- डोटीमा लोकतान्त्रिक वाम गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादी प्रेमबहादुर आलेमगरले मतान्तर बढाउँदै लगेका छन्। ७ हजार २ सय ४७ मत गणना हुँदा आलेमगरले ४ हजार ४९ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरीकुमारी ओलीले २ हजार ३ सय ९२ मत पाएकी छन्। यी दुईबीचको अन्तर एक हजार ७ सय ४ मतको अन्तर रहेको छ।

पूर्वमन्त्रीसमेत रहेका आलेमगरको यो चौथोपटकको चुनावी प्रतिस्पर्धा हो। एक निर्वाचनमात्र हारेका आलेमगर तेस्रोपटक दाउ मार्ने तयारीमा छन् भने नेकपा एमालेकी गौरीकुमारी ओली ०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा मनोनयन भएकी थिइन्। डोटीमा ६४ हजार ५८ मत खसेको थियो।

प्रकाशित: ६ मंसिर २०७९ ९:४८ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast