ठूलो आवाज निकाल्ने २९ मोटरसाइकल नियन्त्रणमा

हिमाल प्रेस ११ मंसिर २०७९ २०:१९ | Sunday, November 27, 2022
ठूलो आवाज निकाल्ने २९ मोटरसाइकल नियन्त्रणमा फाइल तस्बिर- महानरीय ट्राफिक प्रहरी महाशाखा।

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालक नियन्त्रणमा लिएको छ।

महाशाखाको टोलीले यहाँका सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएको हो।

काठमाडौँका सडकमा ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने २९ मोटरसाइकललाई नियन्त्रणमा लिएर वातावरण विभाग पठाइएको र सो विभागले १२ मोटरसाइकललाई १० हजार रुपैयाँका दरले जरिवाना गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए।

विभागले परीक्षण गर्दा मापदण्डभन्दा बढी आवाज निकालेको पाइएकाले जरिवना गरेको छ। अन्य १७ वटा मोटरसाइकल सम्बन्धमा सोही विभागले अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।

ठूलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले चालकलाई अनुरोधसमेत गरेको छ।

प्रकाशित: ११ मंसिर २०७९ २०:१९ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast