काठमाडौँ- झापा २ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ।
८०० मत गणना हुँदा एमालेका देवराज घिमिरेले ३२४ मतका साथ अग्रता कायमै राखेका छन्। उनलाई पछ्याइरहेका माओवादी केन्द्रका हरिकुमार राना मगरले १९८ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार भ्रद प्रसाद नेपालले १०० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले पनि १०० मत नै पाएका छन्।
प्रकाशित: ५ मंसिर २०७९ ९:५५ | Monday, November 21, 2022
प्रतिक्रिया



