झापा २ मा एमालेका घिमिरे विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ २१:०० | Wednesday, November 23, 2022
झापा २ मा एमालेका घिमिरे विजयी

बिर्तामोड– झापा २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनले २८ हजार पाँच सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव पन्तले जानकारी दिए। उनका निकटम प्रतिस्पर्धी स्वतन्त्र तर्फका उम्मेदवार स्वागत (भद्र) नेपालले २६ हजार चारसय ४१ मत प्राप्त गरेका छन्।

यस क्षेत्रका दुवै प्रदेश क्षेत्रमा पनि नेकपा एमालेकै उम्मेदवार चिन्तन पाठक र एकराज कार्की विजयी भएका छन्। एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पार्टी इन्चार्ज घिमिरे पार्टीमा इमान्दार नैतिकवान र आदर्श व्यक्तित्वको रूपमा चिनिन्छन्। उनी संसदीय राजनीतिमा उल्लेख्य परिचित नभए पनि पार्टी संगठन निर्माणमा धेरै वर्ष काम गरेका पुराना नेता हुन्।

झापामा रहेका पाँचवटामध्ये  तीन क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ। क्षेत्र ३ र ४ मा मतगणना जारी छ।

प्रकाशित: ७ मंसिर २०७९ २१:०० | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast