झडपमा घाइते भएका नगर प्रहरी र सुकुमबासीको नर्भिकद्वारा निःशुल्क उपचार

हिमाल प्रेस १३ मंसिर २०७९ १५:५७ | Tuesday, November 29, 2022
झडपमा घाइते भएका नगर प्रहरी र सुकुमबासीको नर्भिकद्वारा निःशुल्क उपचार

काठमाडौँ- सुकुमबासी बस्ती हटाउन खोज्दा भएको झडपमा घाइते भएका सबैको नर्भिक अस्पतालले निःशुल्क उपचार गरेको छ।

सोबार थापाथलीस्थित सुकुमबासी बस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीको टोलीसँग सुकम्बासीको झडप भएको थियो। सो क्रममा ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए।

घाइतेलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा पु¥याइएको थियो। अस्पतालले सबैको निःशुल्क उपचार गरिदिएको जनाएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका बताए। उनका अनुसार गम्भीर घाइते तीन नगर प्रहरीको उपचार जारी छ।

प्रकाशित: १३ मंसिर २०७९ १५:५७ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast