सुर्खेत- जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन्। बस्नेत नेकपा एमालेका निरज आचार्यसँग ९ हजार ३१ मतान्तरले विजयी भएका छन्। उनले ३४ हजार १५१ मत प्राप्त गरे।
उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भए।
प्रकाशित: ८ मंसिर २०७९ ९:४४ | Thursday, November 24, 2022
प्रतिक्रिया





