जर्मनीलाई हराएको जापान कोस्टारिकासँग पराजित

हिमाल प्रेस ११ मंसिर २०७९ १७:५९ | Sunday, November 27, 2022
जर्मनीलाई हराएको जापान कोस्टारिकासँग पराजित

काठमाडौँ- विश्वकप समूह चरणको पहिलो खेलमा जर्मनीलाई स्तब्ध बनाएको जापान दोस्रो खेलमा कोस्टारिकासँग १–० ले हारेको छ। लगभग पूरै खेल आफ्नो नियन्त्रणमा राखेर लगातार आक्रमण बुनिरहेको जापानले ८१ औँ मिनेटमा अनपेक्षित गोल खान पुगेको थियो।

जापानले आफ्नै क्षेत्रमा गरेको गल्तीको फाइदा उठाउँदै कोस्टारिकाले मुभ बनाएको थियो। जापानी खेलाडीबाट बल खोस्दै येल्टिसिन टेजेडाले केयसेर फुलरलाई पास दिएका थिए। जसको प्रहार जापानी गोलरक्षक सुइची गोन्डाले रोक्न सकेनन्।

पहिलो खेलमा स्पेनसँग ७–० ले पराजित कोस्टारिकाले जापानलाई हराएसँगै समूह ‘ई’ बाट नकआउट चरण पुग्ने दौड खुला बनेको छ। एक–एक खेल जितेपछि स्पेन, जापान र कोस्टारिकाको तीन–तीन अंक भएको छ। जर्मनी भने समूहको अन्तिममा छ।

आइतबार राति जर्मनीले आफ्नो दोस्रो खेलमा स्पेनको सामना गर्दैछ। यो खेल जिते जर्मनीको नकआउट सम्भावना जीवित बन्नेछ। उता स्पेन भने तीन अंक बटुल्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ। तर पराजित भए स्पेनका लागि जापानसँगको खेल महत्त्वपूर्ण हुनेछ।

प्रकाशित: ११ मंसिर २०७९ १७:५९ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast