जर्मनीमाथि जापानको अविश्वसनीय जित

हिमाल प्रेस ७ मंसिर २०७९ २०:५८ | Wednesday, November 23, 2022
जर्मनीमाथि जापानको अविश्वसनीय जित

काठमाडौँ- ताकुमा आसानोले ८३ औँ मिनेटमा निर्णायक गोल गरेपछि जापानले विश्वकपको समूह चरणमा जर्मनीलाई २–१ ले स्तब्ध बनाएको छ। बुधबार साँझ खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको समूह ‘ई’ को खेलमा जापानका दुवै गोल सब्स्टिच्युट खेलाडीले गरे।

पहिलो हाफको ३३ औँ मिनेटमा एल्काइ गुन्डोवानले पेनाल्टीमा गोल गरेर जर्मनीलाई अघि बढाएका थिए। तर दोस्रो हाफमा जापान खेलमा फर्कियो। ७५ औँ मिनेटमा रित्सु डोआनले रिबाउन्डमा आएको बललाई जाली चुमाएका थिए।

दोस्रो गोलका लागि सेन्ट्रल डिफेन्डर को इटाकुराको लामो पास निर्णायक साबित भयो। उनले आफ्नो क्षेत्रबाट दिएको पासलाई आसानोले सुन्दर ढंगमा नियन्त्रणमा लिँदै नजिकबाट गोल गरे।

प्रकाशित: ७ मंसिर २०७९ २०:५८ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast