जनतासामु बोलेका कुरा पूरा गर्छु : रामचन्द्र पौडेल

हिमाल प्रेस २७ कार्तिक २०७९ ८:१३ | Sunday, November 13, 2022
जनतासामु बोलेका कुरा पूरा गर्छु : रामचन्द्र पौडेल

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन निर्माण गरिएको बताएका छन्।

जिल्लाको व्यास नगरपालिका-९ मा आइतबार आयोजित कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन्। देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि पाँचदलीय गठबन्धनले जोड दिने उनले प्रतिबद्धता व्यक्त गरे।

जिल्लाको विकासमा हिजो सत्तामा रहँदा र नरहँदा देश र जिल्लाको विकासमा लाग्दै आएको र आउँदा दिनमा पनि काम गर्ने उनले स्पष्ट पारे।

कहीँकतै बिचलित नभई गठबन्धन शक्तिलाई जिताउनुपर्नेमा उनले मतदातासमक्ष आग्रह गरे। ‘अधुरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्ने बाचा गर्छु,’ पौडेलले भने।

सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि पार्टी गठबन्धन गरिएको स्पष्ट पारे।

गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसरको ढोका खोलेर आर्थिक क्रान्ति गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

प्रकाशित: २७ कार्तिक २०७९ ८:१३ | Sunday, November 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast