चुनाव जित्दा र मेस्सीले गोल गर्दा खुसी थामी नसक्नु भयो : सुवास नेम्वाङ

हिमाल प्रेस ११ मंसिर २०७९ १७:०१ | Sunday, November 27, 2022
चुनाव जित्दा र मेस्सीले गोल गर्दा खुसी थामी नसक्नु भयो : सुवास नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका नेता तथा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङले अहिले आफूसँग दुई वटा खुसी रहेको बताएका छन्। मतगणनापछि इलाममा भएको सभालाई सम्बोधन गर्दै उनले विश्वकप फुटबलमा अर्जेन्टिनाले जित्नु र आफूले चुनाव जित्नुले खुसी थामिनसक्नु भएको बताएका हुन्।

‘खुसी थामी नसक्नु भो। तपाईंहरूले हामीलाई आशिर्वाद दिनु भयो एकातिर खुसी छँदै छ। राति १२:४५ विश्वकप फुटबलमा मेस्सीले स्वाट्टै गोल हाने। पहिलो गोल हानेपछि फेरि गोल हान्छन् भनेर पर्खिँदा गोल हानेजत्तिकै एसिस्ट गरे,’ उनले भने, ‘म हिजो राति राम्रोसँग सुत्न सकेको छैन। यसमा पनि सबैलाई बधाई दिन्छु।’

उनले निर्वाचन हुन्छ हुँदैन भन्दाभन्दै सफलतापूर्वक सम्पन्न भएको पनि बताए।

प्रकाशित: ११ मंसिर २०७९ १७:०१ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast