चुनावी प्रचारको अन्तिम दिन : देउवा र ओली गृह क्षेत्रको चुनावी प्रचारमा

हिमाल प्रेस १ मंसिर २०७९ ११:३३ | Thursday, November 17, 2022
चुनावी प्रचारको अन्तिम दिन : देउवा र ओली गृह क्षेत्रको चुनावी प्रचारमा

काठमाडौँ- मंसिर ४ को आम निर्वाचनका लागि प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो। यसैले पनि शीर्ष नेतालाई रस्साकस्सी छ। आफ्नो मात्र नभई पार्टीको समेत प्रचारमा हिँड्नु पर्ने बाध्यता छ।

सभापति शेरबहादुर देउवा सुदुरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन्। उनले आज अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्दै छन्।

अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

प्रकाशित: १ मंसिर २०७९ ११:३३ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast