चुनावमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई देउवाले दिए धन्यवाद

हिमाल प्रेस ४ मंसिर २०७९ १९:३२ | Sunday, November 20, 2022
चुनावमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई देउवाले दिए धन्यवाद

काठमाडौँ- आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गर्ने सबैलाई प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत देउवाले सबैप्रति आभार व्यक्त गरेका हुन्।

‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु,’ देउवाले भने, ‘साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षकहरु लगायत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।’

 

प्रकाशित: ४ मंसिर २०७९ १९:३२ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast