चिर्पट प्रहार गरी हत्या

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:४७ | Wednesday, November 16, 2022
चिर्पट प्रहार गरी हत्या

मोरङ- बुढिगंगा गाउँपालिका-७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको छ।

बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपसी वादविवादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:४७ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast