चितवन २ : उमेशलाई पछि पार्दै दोस्रोमा रवि

हिमाल प्रेस ६ मंसिर २०७९ ७:०९ | Tuesday, November 22, 2022
चितवन २ : उमेशलाई पछि पार्दै दोस्रोमा रवि

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्ममा चुनाव राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन्।

मतगणना सुरु भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्।

अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ।

यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले २३३१ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ७:०९ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast