चितवनको द्वारिकादास माविको केन्द्रमा मतदान रोकियो

हिमाल प्रेस ४ मंसिर २०७९ ११:०९ | Sunday, November 20, 2022
चितवनको द्वारिकादास माविको केन्द्रमा मतदान रोकियो फाइल तस्बिर

काठमाडौँ- चितवन-१ को एक मतदान केन्द्रमा मतदान प्रक्रिया नै रोकिएको छ। सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएपछि रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। १८ मत खसिसकेपछि मतदान प्रक्रिया रोकिएको हो।

चितवन क्षेत्र नम्बर-१ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले सर्वदलीय बैठकको तयारी भइरहेको बताए। दलहरूबीच आपसी समझदारी बनेपछि पुन: मतदान सुरु हुने उनको भनाइ छ।

प्रकाशित: ४ मंसिर २०७९ ११:०९ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast