चन्द्र भण्डारीसँग हारेपछि प्रदीप ज्ञवाली भने- प्रतिकूलताका कारण सफल भइन, हार जिम्मा लिन्छु

हिमाल प्रेस ९ मंसिर २०७९ १३:२८ | Friday, November 25, 2022
चन्द्र भण्डारीसँग हारेपछि प्रदीप ज्ञवाली भने- प्रतिकूलताका कारण सफल भइन, हार जिम्मा लिन्छु

काठमाडौँ- गुल्मी १ मा पराजित भएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन्। प्रतिकूल परिस्थितका कारण आफूले हारेको भन्दै उनले हारको जिम्मा आफैले लिने बताएका छन्। उनले शुक्रबार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि भण्डारीलाई बधाई दिएका हुन्।

‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन। तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु,’ उनले भनेका छन्,‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु। कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ।’

यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए। २०७० मा भने कांग्रेसका भण्डारीले जित हात पारेका थिए। २०६४ मा यो क्षेत्रबाट ज्ञवाली निर्वाचित भएका थिए।

प्रकाशित: ९ मंसिर २०७९ १३:२८ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast