घाटी रेटेर हत्या गरेको अवस्थामा सप्तरीमा शव फेला

हिमाल प्रेस १४ मंसिर २०७९ ८:४१ | Wednesday, November 30, 2022
घाटी रेटेर हत्या गरेको अवस्थामा सप्तरीमा शव फेला

सप्तरी- सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका-१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ। उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलबार फेला परेको हो।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए।

‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने।

प्रकाशित: १४ मंसिर २०७९ ८:४१ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast