गोठमा आगलागी हुँदा दुई लाखको क्षति

हिमाल प्रेस ३ मंसिर २०७९ ६:१७ | Saturday, November 19, 2022
गोठमा आगलागी हुँदा दुई लाखको क्षति फाइल तस्बिर।

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका-४ बालकृष्ण भण्डारी दुई तले कच्ची गोठमा आगलागी हुँदा गोठभित्र राखिएको काठ र भाँडा वर्तन जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार नजिकै रहेको परालमा लागेको आगो गोठमा सल्किएको हो। गोठ खरले छाएको हुँदा आगो नियन्त्रण गर्न समय लागेको थियो।

घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए।

प्रकाशित: ३ मंसिर २०७९ ६:१७ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast