गुल्मीको अर्बेनीमा मतदान नै स्थगित, मतदानको नयाँ मिति तोक्न छलफल जारी

हिमाल प्रेस ४ मंसिर २०७९ १८:४९ | Sunday, November 20, 2022
गुल्मीको अर्बेनीमा मतदान नै स्थगित, मतदानको नयाँ मिति तोक्न छलफल जारी
काठमाडौँ- गुल्मी-१ अन्तर्गत कालिगण्डकी गाउँपालिका-२ अर्बेनीस्थित भगवती माध्यमिक विद्यालयको ‘क’ मतदानमा केन्द्रमा पुन: मतदान हुने भएको छ। मतदानको समयमा मतदातालाई प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको मतपत्र दिएपछि विवाद भएको थियो।
दलहरूबीच त्यसलाई रद्द गरेर आजै पुन: मतदान सुरु गर्ने विषयमा सहमति जुट्न भने नसकेपछि आजको मतदान नै स्थगित भयो। अब यहाँ पुन मतदान गर्ने निर्णय भए पनि कहिले मतदान हुने भन्ने टुंगो छैन। ५५ वटा मतपत्र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हुनुपर्नेमा प्रदेशसभाको परेको थियो।
मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार दलहरूबीच निर्वाचन कहिले गर्ने भन्नेबारे छलफल जारी छ।  यो नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमाले सचिव प्रदीप ज्ञवाली उम्मेदवार भएको क्षेत्र हो।
प्रकाशित: ४ मंसिर २०७९ १८:४९ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast