चुनाव नतिजाप्रति नारायणकाजीको टिप्पणी : कुनै आँधिबेहरी बाटो सफा गर्न पनि आउँछन्

हिमाल प्रेस ७ मंसिर २०७९ १२:१७ | Wednesday, November 23, 2022
चुनाव नतिजाप्रति नारायणकाजीको टिप्पणी : कुनै आँधिबेहरी बाटो सफा गर्न पनि आउँछन्

काठमाडौँ-  चुनावमा अपेक्षित परिणाम नआएपछि सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन्। उनले  बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै निर्वाचन परिणामले गठबन्धन तोडिन सक्ने आशयको टिप्पणी  गरेका हुन्।

‘निर्वाचन परिणाम आइरहेका छन्, यसले निश्चित सन्देशहरू दिएको छ । यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नैपर्छ,’ उनले लेखेका छन्। उनले त्यसका लागि धेरै घोत्लिनु नपर्ने र निष्कर्ष सहज बोधगम्य नै रहेको बताए। अहिले चुनावमा पराजित भए पनि त्यसलाई सकारात्मक रुपमा लिँदै आशावादी हुनुपर्ने उनको भनाइ छ।

उनले यसबारे बुद्धवाणी उधृत गर्दै त्यसलाई मनन गर्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘अहिले यति मात्र, बुद्ध शिक्षाको महत्त्वपूर्ण निम्न अंश लाई मनन गरौँ – ‘सबै आँधिबेरीहरू तपाईंको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईंको बाटो सफा गर्न पनि आउँछन्।’

प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचन मतगणनाअनुसार २३ सिटको नतिजा सार्वजनिक हुँदा बल्ल माओवादीले एक ठाउँमा जितेर खाता खोलेको छ। यस्तै समानुपातिकतर्फ पनि माओवादी चौथो स्थानमा रहेको छ।

प्रकाशित: ७ मंसिर २०७९ १२:१७ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast