गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

हिमाल प्रेस ४ मंसिर २०७९ ९:०१ | Sunday, November 20, 2022
गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानलाई संस्था गर्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन्।

उनले चितवनमा आइतबार बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग भने, ‘आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु भनेको संविधानले ठिक ढंगले काम गर्दैछ भन्ने कुराको प्रमाण हो।’

उनले संविधानलाई संस्थागत गर्न निर्वाचन महत्त्वपूर्ण रहेको बताए। उनले निर्वाचनले देशलाई विकास र समृद्धिको दिशातिर लैजाने बताए। प्रचण्डले निर्वाचनअघि देशैभरि प्रचार अभियानमा जाँदा गठबन्धनका पक्षमा राम्रो माहोल रहेको बताए। उनले भने, मलाई विश्वास छ, गठबन्धनले बहुमत ल्याउँछ। गठबन्धनकै सरकार बन्छ।’ गठबन्धनभित्र प्रधानमन्त्रीको टुंगो नलागेकाले छलफलपछि टुंग्याइने उनको भनाइ छ।

प्रचण्डले प्रधानमन्त्री पदकै कारण गठबन्धन नटुट्ने पनि स्पष्ट पारे।

प्रकाशित: ४ मंसिर २०७९ ९:०१ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast