खाणमाथि ‘पार्टीभित्रैबाट प्रहार’

हिमाल प्रेस ११ मंसिर २०७९ १७:५४ | Sunday, November 27, 2022
खाणमाथि ‘पार्टीभित्रैबाट प्रहार’

भैरहवा- स्थानीय तह र प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूण रूपमा सम्पन्न भएको छ। तर निर्वाचनमा सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाण आफैँ पराजय भएका छन्। उनलाई राप्रपाका दीपक बोहराले पराजित गरेका हुन्।

खाण यसअघि रुपन्देहीको क्षेत्र नं ३ बाट २०४८, ४०६४, २०७० सालमा भएका संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। यसपटक नेता खाण तुलनात्मक रुपमा कमजोर उम्मेदवारसँग किन पराजित भए भन्ने प्रश्न उब्जिएको छ।

उनको निर्वाचन अभियानमा खटिएका कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘हाम्रो प्रारम्भिक विश्लेषण पार्टीभित्रका साथीहरूले घात गरेका कारण उहाँको पराजय भएको छ। उहाँजत्तिको राष्ट्रिय राजनीतिकै खम्बा भइसकेको नेतालाई नचिन्नु र निर्वाचनमा उहाँको विपक्षमा लाग्नु आश्चर्यको विषय भएको छ। यसले पार्टी संगठनमा दीर्घकालीन प्रभाव पार्नेछ ।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका दाहिने हात खाणलाई पराजित गरेमा देउवा कमजोर हुने र आफूहरू अगाडि पुग्न सकिन्छ भन्ने मानसिकतामा पनि केही नेता लागेको तीन नेता बताउँछन्। खाणको पराजयले देउवा पनि अप्ठ्यारोमा पर्ने विश्लेषण हुन थालेको छ।

यो पनि 

गृहमन्त्री खाणको पराजयले देउवालाई ठूलो धक्का

प्रकाशित: ११ मंसिर २०७९ १७:५४ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast