क्यामरुनमाथि स्विटजरल्यान्डको साँघुरो जित

हिमाल प्रेस ८ मंसिर २०७९ १८:०५ | Thursday, November 24, 2022
क्यामरुनमाथि स्विटजरल्यान्डको साँघुरो जित

काठमाडौँ- विश्वकप अन्तर्गत समूह ‘जी’ को खेलमा स्विटजरल्यान्डले क्यामरुनमाथि १–० को साँघुरो जित हासिल गरेको छ। बिहीबार साँझ कतारी सहर अल वाक्राहको अल जानौब रंगशालामा भएको खेलमा स्विटजरल्यान्डलाई विजयी बनाउन ब्रिल इम्बोलोले ४८ औँ मिनेटमा गोल गरेका थिए।

इम्बोलोले जेर्दन साकिरीको क्रसलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए। गोल गरेपछि यी २५ वर्षीय स्ट्राइकर इम्बोलोले खुसीयाली मनाएनन्। किनभने क्यामरुन इम्बोलोको जन्मभूमि हो। पाँच वर्षको उमेरमा आमासँग फ्रान्स बसाइँ सरेका उनले अन्ततः स्विटजरल्यान्डबाट करियर सुरु गरेका थिए। स्विटजरल्यान्डका लागि इम्बोलोले गरेको यो ११ औँ गोल हो।

१२ औँ पटक विश्वकप खेलिरहेको स्विटजरल्यान्डले लगातार छैठौँ पटक समूह चरणको पहिलो खेल जितेको हो। सन् १९६६ यता स्विटजरल्यान्डले पहिलो चरणको पहिलो खेल हारेको छैन। उता क्यामरुन विश्वकपमा आठ खेलदेखि जितविहीन छ।

खेलको दोस्रो हाफ स्विटजरल्यान्डको नियन्त्रणमा रह्यो। ६६ औँ मिनेटमा रुबेन भार्गासले अग्रता दोब्बर बनाउने अवसर पाएका थिए। केहीबेर पछि नै इम्बोलाले पनि गोल गर्ने मौका गुमाए।

उता क्यामरुनका लागि एरिक म्याक्सिम चोपु मोटुङसँग पहिलो हाफको १५ औँ मिनेटमा गोल गर्ने अवसर थियो। स्विस रक्षापंक्तिलाई छक्याउँदै बक्समा पुगेका मोटिङले गरेको प्रहार गोलमा परिणत हुन सकेन।

प्रकाशित: ८ मंसिर २०७९ १८:०५ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast