कोरोना बिमाको भुक्तानी दिन सुरु

हिमाल प्रेस १३ मंसिर २०७९ ८:०७ | Tuesday, November 29, 2022
कोरोना बिमाको भुक्तानी दिन सुरु सांकेतिक तस्बिर

काठमाडौँ- कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ। निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन्।
जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ। यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन।

कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन्। हालसम्म नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन्।

प्रकाशित: १३ मंसिर २०७९ ८:०७ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast