कैलाली ४ मा भट्टलाई पछि पार्दै बलायरले लिए अग्रता

हिमाल प्रेस ७ मंसिर २०७९ ८:०० | Wednesday, November 23, 2022
कैलाली ४ मा भट्टलाई पछि पार्दै बलायरले लिए अग्रता

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्। बलायरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लेखराज भट्टलाई एक हजार ५८५ मतले पछि पारेका हुन्।

३९ हजार ७९६ मत गणना हुँदा बलायरले १६ हजार ३५९ मत प्राप्त गरेका छन् भने भट्टले १४ हजार ७७४ मत प्राप्त गरेका छन्। सुरुवाती गणनामा अग्रता लिएका बलायर बीचमा पछि परेका थिए।

पछिल्लो गणनाको नतिजामा उनले फेरि अग्रता लिई मतान्तर बढाउँदै लगेका छन्।

 

प्रकाशित: ७ मंसिर २०७९ ८:०० | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast