कैलाली-३ मा नागरिक उन्मुक्तिको ‘क्लिन स्विप’

हिमाल प्रेस ७ मंसिर २०७९ १३:४९ | Wednesday, November 23, 2022
कैलाली-३ मा नागरिक उन्मुक्तिको ‘क्लिन स्विप’

धनगढी- कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी भएका छन्। यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्।

यस्तै प्रदेशसभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।

प्रदेशसभातर्फको (क) मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९२३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए।

प्रदेश सभातर्फको (ख) मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६१९ मत ल्याए।

प्रकाशित: ७ मंसिर २०७९ १३:४९ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast