कैलाली क्षेत्र नं ५ मा गठबन्धनको ‘क्लिन स्विप’

हिमाल प्रेस ९ मंसिर २०७९ १२:१७ | Friday, November 25, 2022
कैलाली क्षेत्र नं ५ मा गठबन्धनको ‘क्लिन स्विप’

धनगढी‍- कैलालीको क्षेत्र नं ५ मा गठबन्धनले क्लिन स्विप गरेको छ। प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३सय १८ मत पाएका छन्। मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए।

यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन्। पन्त सुरुमा प्रदेश सभा (२) बाट सिफारिस भएका थिए। उनी प्रतिनिधि सभाका लागि उम्मेदवार भएपछि प्रकाश देउवालाई उम्मेदवार भए।

गठबन्धनका साझा उम्मेदवार देउवाले नौ हजार ५९१ मत प्राप्त गरी बिजयी भएका छन्। देउवाको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा जोशीले छ हजार ३५१ मत प्राप्त गरे।
त्यसैगरी, प्रदेश सभा (१) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रमेश सिंह धामि बिजयी भएका छन्। धामीले ९ हजार ३ सय ८७ मत प्राप्त गरी बिजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नेपालु चौधरीले ९ हजार २ सय ६२ मत प्राप्त गरे।

प्रकाशित: ९ मंसिर २०७९ १२:१७ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast