कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

हिमाल प्रेस ६ मंसिर २०७९ १३:३६ | Tuesday, November 22, 2022
कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

धनगढी- प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्। उनले हेभिवेट उम्मेदवार गठबन्धनका तर्फबाट संविधान सभा सदस्यकृष्णकुमार चौधरी र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गौरीशंकर थारूलाई पराजित गरेका छन्।

उनी निकटतम प्रतिद्वन्दीभन्दा ५ हजार ३७१ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनले २३ हजार १२० मत पाएका छन भने निकटतम प्रतिद्वन्दी गठबन्धनका चौधरीले १७ हजार ७४९ मत पाएका छन्।

त्यस्तै एमाले उम्मेदवार थारूले ९ हजार ८७४ मत र राप्रपाका वीरेन्द्रबहादुर बमले ७ हजार ४७ मत पाएका छन्। १ लाख ७ हजार ६५९ मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ४४० मत खसेको थियो। जसमध्ये ४ हजार २१ मत बदर भएको छ।

प्रकाशित: ६ मंसिर २०७९ १३:३६ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast