केपी ओलीको प्रश्न : अमेरिकाको फ्रिडम पार्टी र स्वतन्त्र पार्टीको चुनाव चिह्न दुरुस्तै कसरी भयो?

हिमाल प्रेस १३ मंसिर २०७९ १५:४६ | Tuesday, November 29, 2022
केपी ओलीको प्रश्न : अमेरिकाको फ्रिडम पार्टी र स्वतन्त्र पार्टीको चुनाव चिह्न दुरुस्तै कसरी भयो?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय भएको टिप्पणी गरेका छन्। आज मंगलबार नवनिर्वाचित एमालेका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अमेरिकामा रहेको पार्टीको चुनाव चिह्न दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरेका हुन्।

‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ। त्यसको चिह्न घन्टी छ। फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिह्न घन्टी छ। दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घन्टी चिह्न यहाँ पनि ल्याएको छ,’ उनले भने, ‘फ्रिडम पार्टी भनेको छ, संयोग नै होला। अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो? केही त होला।’

उनले यसबारे थप टिप्पणी गर्ने पक्षमा आफू नरहेको पनि बताए। निर्वाचनमा स्वतन्त्र पार्टीले प्रत्यक्षमै प्रतिनिधिसभामा ७ सिट जितेको छ भने समानुपातिकमा पनि उल्लेख्य मत पाएको छ। उक्त पार्टीले प्रदेशमा भने कतै पनि उम्मेदवार उठाएको थिएन।

प्रकाशित: १३ मंसिर २०७९ १५:४६ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast