पोखरा– नेकपा एमालेले कास्कीबाट गण्डकी प्रदेशसभामा अर्को जीत हात पारेको छ। कास्की क्षेत्र ३(क) बाट एमालेका गणेशमान गुरुङ विजयी भएका छन्। उनले पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई झण्डै ५ हजार मतान्तरले पराजित गरेका हुन्।
गुरुङले १४ हजार ४ सय ७३ र भण्डारीले ९ हजार ६ सय ६१ मत प्राप्त गरेका छन्। गुरुङले ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति थालेका हुन्। ०६९ सालमा जातीय पहिचानको मुद्दा बोकेर एमालेबाट विद्रोह गरी अशोक राईसँगै संघीय समाजवादी पार्टीतिर लागेका उनी त्यसबेला कास्कीमा क्षेत्रीय अध्यक्षसमेत भएका थिए । जनता समाजवादीमा हुँदा उनी गण्डकी इन्चार्ज तथा केन्द्रीय सदस्य थिए। गत वर्षको फागुन दोस्रो सातामात्र उनी समाजवादी त्यागेर एमालेमै फर्किएका हुन्।
प्रकाशित: ७ मंसिर २०७९ १६:४४ | Wednesday, November 23, 2022
प्रतिक्रिया




