कालीकोटमा १ बजेदेखि मत गणना

हिमाल प्रेस ६ मंसिर २०७९ ११:५९ | Tuesday, November 22, 2022
कालीकोटमा १ बजेदेखि मत गणना

जनकपुरधाम- कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र संकलन भइसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।

कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा एमालेका नगेन्द्र शाही स्वतन्त्रका काशिचन्द्र बराल, कांग्रेस बीपीका पङ्खबहादुर विष्ट, नेमकिपाका खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र अर्का स्वतन्त्र धनप्रसाद पाण्डे उम्मेदवार रहेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ११:५९ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast