सुर्खेत– कालीकोटबाट प्रतिनिधिसभा सदस्यतर्फ सत्तागठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।
शाहीले ८ हजार ६४ मत अन्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन्।
शाहीले २४ हजार ४७४ मत पाएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगीन्द्रले १६ हजार ४१० मत पाएका छन्।
निर्वाचित शाही माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।
प्रकाशित: ९ मंसिर २०७९ १९:३३ | Friday, November 25, 2022
प्रतिक्रिया



