काठमाडौँ-७ की उम्मेदवार मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन

हिमाल प्रेस १ मंसिर २०७९ ५:०२ | Thursday, November 17, 2022
काठमाडौँ-७ की उम्मेदवार मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन

काठमाडौँ- राप्रपा नेपालबाट काठमाडौँ- ७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन्।

नेपाल समाजवादीकी नेता मानुषी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी छन्।

श्रेष्ठ कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिह्न लिएर उम्मेदवार थिए।

प्रकाशित: १ मंसिर २०७९ ५:०२ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast