काठमाडौँ १० मा कांग्रेसका राजेन्द्र केसी विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ ८:४४ | Wednesday, November 23, 2022
काठमाडौँ १० मा कांग्रेसका राजेन्द्र केसी विजयी

काठमाडौँ- काठमाडौँ १० को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन्। निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार केसी १४ हजार चार सय ५८ मतसहित विजयी भएका हुन्।

केसीले प्रतिस्पर्धी नेकपा एमालेका हिमेस केसीलाई दुई हजार छ सय ७२ मतान्तरले पराजित गरेका हुन्। केसी विजयी भए पनि निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।

एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ ८:४४ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast