काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजैदेखि यी ठाउँमा हुँदैछ मतगणना

हिमाल प्रेस ४ मंसिर २०७९ १८:२९ | Sunday, November 20, 2022
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजैदेखि यी ठाउँमा हुँदैछ मतगणना फाइल तस्बिर।

काठमाडौँ- बिहान ७ बजेदेखि सुरु भएको मतगणना साँझ ५ बजे सकिएसँगै काठमाडौँमा मतगणनाको तयारी थालिएको छ। काठमाडौँको १० वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतगणनास्थल पनि तयार भइसकेको छ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार आज रातिदेखि नै १० वटै निर्वाचन क्षेत्रको मतगणना सुरु हुनेछ। ‘मतदान सकिएपछि मतदान केन्द्रमा मुचुल्का गरेर मतपेटिका संकलन गरेर गणनास्थलमा ढुवानी गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘अब सर्वदीय बैठक बस्छ। हामीले आजैदेखि गणना गर्ने तयारी पुरा गरिसकेका छौँ।’

उनका अनुसार निर्वाचन क्षेत्रमै मतगणनास्थल तयार पारिएको छ। यसअघिको निर्वाचनमा भने जिल्लाभरको मतपेटिका एक ठाउँमा भेला पारेरमात्रै गणना गर्ने गरिएको थियो।

काठमाडौँ-१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन, ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना तयारी हुँदैछ।

प्रकाशित: ४ मंसिर २०७९ १८:२९ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast