कांग्रेस चार, एमाले दुई र नागरिक उन्मुक्ति पार्टी एक स्थानमा विजयी

हिमाल प्रेस ६ मंसिर २०७९ १६:५६ | Tuesday, November 22, 2022
कांग्रेस चार, एमाले दुई र नागरिक उन्मुक्ति पार्टी एक स्थानमा विजयी

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभामा चार सिट जितेर अग्रता लिएको छ। कांग्रेसका तर्फबाट काडमाडौँ क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, क्षेत्र नम्बर ४ बाट गगनकुमार थापा, मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका हुन्। जारी मत गणनामा कांग्रेसले ४८ स्थानमा अग्रता लिइरहेको छ।

एमाले २ सिटमा विजयी भएको छ। एमालेका तर्फबाट ललितपुर–२ बाट प्रेम महर्जन र काठमाडौँ–९ बाट कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन्। एमालेले ४२ स्थानमा अग्रता लिइरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले एक सिट जितेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट गंगाराम चौधरी विजयी भएका हुन्। उक्त पार्टीले तीन स्थानमा अग्रता लिइरहेको छ।

सत्ता गठबन्धनबाट चुनाव लडेको माओवादी केन्द्र १२, राष्ट्रिय स्वतन्त्रबाट ११, एकीकृत समाजवादी ७, राप्रपा तीन स्थानमा अगाडि छन्। यस्तै जनता समाजवादी तीनले तीन सिटमा अग्रता हासिल गरेको छ।

प्रकाशित: ६ मंसिर २०७९ १६:५६ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast