कर्णालीमा समानुपातिकतर्फ एमालेको सबैभन्दा धेरै मत

हिमाल प्रेस ११ मंसिर २०७९ १३:२८ | Sunday, November 27, 2022
कर्णालीमा समानुपातिकतर्फ एमालेको सबैभन्दा धेरै मत

सुर्खेत- नेकपा एमालेले समानुपातिकतर्फ कर्णाली प्रदेशमा सबैभन्दा बढी मत ल्याएको छ। एमालेले देशभरी २३ लाख बढी मत ल्याउँदा आइतबारसम्म कर्णाली प्रदेशमा गणना भएको कुल पाँच लाख ११ हजार ९२९ मतमध्य एमालेले एक लाख ६६ हजार ९२९ मत ल्याएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको एक लाख ५३ हजार ८६६ र नेकपा माओवादी केन्द्रको १ लाख २३ हजार ८५३ मत पाएको छ। यस्तै नेकपा एकीकृत समाजवादीले ३० हजार ४३० मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको १७ हजार ४८३ मत आएको छ।

जारी मतगणनामा समानुपातिकतर्फ पनि एमाले नै अगाडि छ। एमालेले २३ लाख ४९ हजार ८८८ मत ल्याइसकेको छ। त्यस्तै कांग्रेसले २२ लाख ५१ हजार २८ मत, तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ९ लाख ८० हजार १०१ मत ल्याएको छ। चौँथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकतर्फ नौलाख ३० हजार १६० , राप्रपाले चार लाख ९१ हजार १८१ मत ल्याएको छ।

जनता समाजवादी पार्टीले दुई लाख ९६ हजार ९२९ , नेकपा एकीकृत समाजवादीले २ लाख ३२ हजार ६२६ मत ल्याएको छ।

प्रकाशित: ११ मंसिर २०७९ १३:२८ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast