कक्षा १२ ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

हिमाल प्रेस १० मंसिर २०७९ ७:२८ | Saturday, November 26, 2022
कक्षा १२ ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० र ३१ मा सञ्चालन गरेको कक्षा १२ ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ३४ हजार ६०९ जना परीक्षार्थीले नन ग्रेड ल्याएका हुन्।

परीक्षामा सहभागी १ लाख २६ हजार ६५३ जना परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गरेका छन् । ६ जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ।

परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमबाट १६०० मा एसएमएस गरेर पनि हेर्न सकिने बोर्डले जनाएको छ।परीक्षार्थीले नतिजा चित्त नबुझेमा १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिनसक्नेछन्।

बोर्डले सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ७ दिन पछि ट्रान्सक्रिप्ट र प्रमाणपत्रका लागि आवेदन दिन सकिने जनाएको छ।

प्रकाशित: १० मंसिर २०७९ ७:२८ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast