ओलीले लिए निर्वाचित भएको प्रमाण पत्र

हिमाल प्रेस ८ मंसिर २०७९ १६:१८ | Thursday, November 24, 2022
ओलीले लिए निर्वाचित भएको प्रमाण पत्र

बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका छन्। बिहीबार गृह जिल्ला झापा पुगेर अध्यक्ष ओलीले प्रतिनिधिसभामा निर्वाचित भएकाे प्रमाण पत्र ग्रहण गरेका हुन्।

अध्यक्ष ओलीसहित प्रदेश सभामातर्फ निर्वाचित हाेम थापा र हिक्कमत कार्कीलाई निर्वाचन अधिकृत डम्बर काफ्लेले प्रमाण पत्र प्रदान गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली झापा ५ बाट अत्यधिक मतले विजयी भएका हुन्। ओली ०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ १६:१८ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast