एससीटीको ‘फास्ट बैंकिङ’ सार्वजनिक

हिमाल प्रेस १ मंसिर २०७९ ४:४९ | Thursday, November 17, 2022
एससीटीको ‘फास्ट बैंकिङ’ सार्वजनिक

काठमाडौँ- स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)ले ओम्नी च्यानल सोलुसन ‘फास्ट बैंकिङ’ सार्वजनिक गरेको छ।

मोबाइल तथा इन्टरनेट बैंकिङमा खड्किएको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ एससीटीले पाँच वर्ष अनुसन्धान गरेरका ‘फास्ट बैंकिङ’ ल्याएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङको सेवा लिई डिजिटल बैंकिङलाई थप विस्तार र सहज बनाउन आग्रह गरे। उनका अनुसार अहिलेको डिजिटल बैंकिङ भुक्तानी  र रकमान्तरमा बढी केन्द्रित भएका छन्।

उनले भने, ‘फास्ट बैंकिङमार्फत ओपन एपीआईको प्रयोग गरेर बैंकका सेवालाई मोबाइल बैंकिङमै जोड्न सकिन्छ।’ यसले ग्राहक र बैंक दुवैको समय तथा लागत बचत हुने भुजुको भनाइ छ।

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्याइसकेको यो सुविधाले कर्मचारी, ग्राहक र बैंक सबैका लागि सहज भएको ट्रान्जेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले बताए।

प्रकाशित: १ मंसिर २०७९ ४:४९ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast