एसईईको आवेदन फारम खुला

हिमाल प्रेस ९ मंसिर २०७९ १५:१५ | Friday, November 25, 2022
एसईईको आवेदन फारम खुला

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को आवेदन फाराम खुलाएको छ। कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीले मंसिर ८ गतेदेखि पुस १० गतेभित्र आवेदन फाराम भर्न बोर्डले सूचित गरेको हो।

बोर्डले साधारण, प्रविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्यनरत विद्यार्थीहरूको परीक्षा आवेदन खुला गरेको जनाएको छ।

विद्यार्थीले रजिस्ट्रेसन फारम भरेको अर्धकट्टी, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिसहित दुईप्रति फोटो, कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र पाँच सय रूपैयाँ दस्तुरसहितको कागजपत्र पेश गर्न बोर्डले सूचित गरेको छ।

यसका साथै बोर्डले आफ्ना सम्पूर्ण शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई निर्धारित समयमा परीक्षा आवेदन फारम भर्न भराउन समन्वय गरिदिन निर्देशनसमेत दिएको छ।

प्रकाशित: ९ मंसिर २०७९ १५:१५ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast