एमालेले खोल्यो खाता, ललितपुर–२ मा प्रेम महर्जन विजयी

हिमाल प्रेस ५ मंसिर २०७९ २२:०० | Monday, November 21, 2022
एमालेले खोल्यो खाता, ललितपुर–२ मा प्रेम महर्जन विजयी

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ। ललितपुर क्षेत्र नम्बर २ बाट विजयी भई प्रेम महर्जनले खाता खोलेका हुन्। उनी प्रतिद्वन्द्वीभन्दा ९ हजार ३९४ मतान्तरले निर्वाचित भएका छन्।

महर्जन १९ हजार ८३४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन महर्जनले १० हजार ४४० मत प्राप्त गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन १० हजार १३६ र नेकपा एसका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत ल्याएका छन्। कृष्णलाल गठबन्धनका तर्फबाट चुनाव लडेका थिए।

मत परिणामअनुसार राप्रपाका रघुवराज थापाले ७ हजार ७९९ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ २२:०० | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast