एमालेभन्दा कांग्रेस दोब्बर स्थानमा अगाडि, तेस्रोमा स्वतन्त्र पार्टी

मुस्ताङमा कांग्रेसको 'क्लिनस्विप'

हिमाल प्रेस ५ मंसिर २०७९ १८:१९ | Monday, November 21, 2022
एमालेभन्दा कांग्रेस दोब्बर स्थानमा अगाडि, तेस्रोमा स्वतन्त्र पार्टी

काठमाडौँ- आइतबार सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलिसकेको छ। यहाँ नेपाली कांग्रेसका युवा उम्मेदवार २९ वर्षका योगेश गौचनले निर्वाचित भए।

अधिकांश जिल्लामा मतगणना जारी छ। जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता अन्य दलको भन्दा धेरै छ। अहिलेसम्म नेपाली कांग्रेसको अग्रता ३२ निर्वाचन क्षेत्रमा छ। त्यस्तै नेकपा एमाले १७ ठाउँमा अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता ७ ठाउँमा छ। नेकपा माओवादी केन्द्र र राप्रपाको अग्रता पाँच/पाँच ठाउँमा छ। त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टी अग्रता ४ ठाउँमा छ।

प्रदेशसभामा नेपाली कांग्रेसले १६ ठाउँमा अग्रता बढाएको छ भने दुई ठाउँमा विजयी भइसकेको छ। मुस्ताङको दुई प्रदेशसभामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। मुस्ताङको प्रदेश क मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भए।

गुरुङले एमालेका इन्द्रधारा विष्टलाई पराजित गरे। प्रदेश ख मा कांग्रेसकै विकल शेरचन निर्वाचित भएका छन्। उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे। एमालेको २२ ठाउँमा अग्रता छ। माओवादीको ६, नागरिक उन्मुक्ति पार्टी ४ र जसपाको ३ स्थानमा अग्रता छ। स्वतन्त्र तथा अन्य दलका उम्मेदवारले ६ ठाउँमा अग्रता छन्।

प्रकाशित: ५ मंसिर २०७९ १८:१९ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast