सुर्खेत- सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल निर्वाचित भएका छन्। बिहीबार आज सकिएको मत गणनामा एमालेका उम्मेदवार कँडेलले १८ हजार ५६१ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य ले १८ हजार ४ सय मतले पराजित भएका छन्।
यस्तै नेकपा माओवादी केन्द्रका सूर्य बहादुर खत्रीले ३ हजार ६८५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका शिव प्रसाद उपाध्यायले १ हजार २७५ मत प्राप्त गरेका छन्। कँडेल एमालेबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन्। उनले यसअघि पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए।
प्रकाशित: ८ मंसिर २०७९ ८:१८ | Thursday, November 24, 2022
प्रतिक्रिया





